ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान  « Khabarhub

ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान 


२३ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानले मंगलबार र बुधबार बिहान करिब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोत ताइवानको सीमा नजिकै देखिएको बताएको छ ।

ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन् । चीनको यो कदमलाई उत्तेजक कार्यको रुपमा व्याख्या गरिएको छ ।

चिनियाँ लडाकु विमानको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोत पठाएको ताइवानी मिडियाले जनाएका छन् । साथै, चीनको कुनै पनि दुस्साहसलाई जवाफ दिन सक्ने गरी तटीय क्षेत्रमा आफ्नो मिसाइल प्रणाली सक्रिय गरेको छ। 

नयाँ राष्ट्रपति लाइ चिङ तेहले मे २० मा ताइवानको राष्ट्रपतिको रूपमा शपथ लिएला थिए । नयाँ सरकार गठन भएदेखि नै चीनको अडान आक्रामक रहेको छ र यसका लडाकु विमान र युद्धपोतहरू लगातार ताइवानको वरिपरि घुमिरहेका छन् ।

चीनको यो कदमलाई उक्साहटको रुपमा हेरिएको छ । वास्तवमा, आफ्नो सपथ ग्रहण समारोहमा, नयाँ राष्ट्रपति लाइ चिङ तेहले आफ्नो भाषणमा ताइवानको स्वतन्त्रताको बारेमा कुरा गरे, जसले चीनलाई रिसाएको छ ।

हालै चिनियाँ सेनाका एक वरिष्ठ अधिकारी कर्नेल वु छियानले ताइवानको स्वतन्त्रताको अर्थ युद्ध मात्रै हो र ताइवानमा पृथकतावादी गतिविधिलाई समर्थन गर्ने कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गरिने छैन र त्यसविरुद्ध कडा कारबाही गरिने बताएका थिए।

चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ र त्यसैले उसले ताइवानको स्वतन्त्रताको विरोध गर्दछ । ताइवानमा नयाँ सरकार गठन भएदेखि नै चिनियाँ सेनाका लडाकु विमानहरू दिनहुँ ताइवानको सिमानामा घुमिरहेका छन् । पछिल्लो घटनालाई पनि दबाब सिर्जना गर्ने रणनीतिसँग जोडिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १ : ०१ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को