‘मायाका रंगहरु’ युट्युबर पदम तामाङको प्रवेश « Khabarhub

‘मायाका रंगहरु’ युट्युबर पदम तामाङको प्रवेश


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिल्म ‘मायाका रंगहरु’मा सिक्किमका युट्युबर पदम तामाङ अनुबन्ध भएका छन् । उनले निर्माण पक्षसँग लिखित सम्झौतासमेत गरेका हुन् । 

पदम अहिले कामको सिलसिलामा काठमाडौंमा नै छन् । सोही क्रममा निर्माता तथा निर्देशक केवल तामाङले उनलाई अनुवन्ध गरेका हुन् ।
पदम यसअघि ‘होस्टल ३’ का लागि अनुबन्ध भइसकेका छन् । त्यस फिल्ममा पनि उनको प्रमुख मध्येको एक भूमिकामा रहने बताइएको छ । 

‘मायाका रंगहरु’मा अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । निर्देशक तामाङले फिल्मका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता आरबी थाङदेन हुन् ।

फिल्मका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : २४ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा