मैले सन्यासको घोषणा गरेको छैन– क्रिस गेल « Khabarhub

मैले सन्यासको घोषणा गरेको छैन– क्रिस गेल


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेबियन टोली वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले आफूले सन्यासको घोषणा नगरेको बताएका छन् ।

भारतविरुद्धको खेलमा ६ विकेटले हार व्यहोरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफूले सन्यासको घोषणा नगरेको बताएका हुन् ।
‘मैले कुनै सन्यासको घोषणा गरेको छैन,’ गेलले भनेका छन् ।

यस्तै, वेष्ट इन्डिजका कप्तान जसन होल्डरले पनि गेलले सन्यास नलिएको बताएका छन् । उनले भने,‘मलाई जानकारी भएसम्म गेलले सन्यास लिएका छैनन् ।’

यसअघि इंग्ल्यान्डमा सम्पन्न विश्वकप क्रिकेट पछि एकदिवसिय क्रिकेटबाट सन्यास लिने बताएका गेलले इंग्ल्यान्डमा मिडियासँग बोल्दै भारतविरुद्धको एकदिवसीय शृङ्खलापछि सन्यासबारे सोच्ने बताएका थिए ।

यस्तै, भारतविरुद्धको शृङ्खलाको अन्तिम खेलमा विष्फोटक ब्याटिङ गर्दै ४१ बलमा ७२ रन बनाएका उनले एकदिपसीय क्रिकेटबाट सन्यास लिएको अनुमान गरिएको थियो ।

जसमा उनले नियमित लगाउने जर्सिभन्दा फरक जर्सि लगाएपछि उनले सन्यास लिएको हुनसक्ने विश्लेषण भएको थियो । उनले ४५ नम्बरको जर्सि लगाउँथे भने बुधबारको खेलमा ३०१ नम्बरको जर्सि लगाएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : ०४ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग