गण्डकीका मुख्यमन्त्री भन्छन्– पाँच वर्षमा देखिने गरी विकास हुन्छ « Khabarhub

गण्डकीका मुख्यमन्त्री भन्छन्– पाँच वर्षमा देखिने गरी विकास हुन्छ


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ वर्षभित्रमा देखिने गरी विकास गर्ने लक्ष्यका साथ सरकार क्रियाशील भएको बताएका छन्।

६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पोखरा–२२ पुम्दीभुम्दीस्थित फुस्रेखोलामाथि निर्माणाधीन पुलको मंगलवार शिलान्यास गर्दै उनले परिवर्तित संरचनानुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट हुनुपर्ने बताए । गुरुङले प्रदेशलाई आफ्नाे पाँचवर्षे कार्यकालमा विकास तथा समृद्धियुक्त बनाउन आफूहरु प्रयासरत रहेको बताए ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले यस आर्थिक वर्षमा गण्डकी प्रदेशभित्र ७० मोटर चल्ने पुल बन्न लागेको जानकारी दिँदै तोकिएकै समयमा गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । प्रदेशका मुख्य सचिव लक्ष्मीप्रसाद पौडेलले गुणस्तरीय निर्माणका लागि स्थानीयवासी सचेत रहनुपर्ने बताए ।

फुस्रेखोला चिसापानी सडकखण्डमा निर्माणाधीन ३८ मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त पुल गण्डकी प्रदेश सरकारको रु तीन करोड ९८ लाख ४८ हजारको लागतमा बन्न लागेको हो । पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले सो पुल निर्माणसँग यस क्षेत्रको कृषि उत्पादन बजारीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

नेकपाका नेता लीलाधर पौडेल, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा लगायतले पुल निर्माणसँगै यस क्षेत्रलाई स्याङ्जास्थित सिद्धार्थ राजमार्गसँग जोड्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ४५ बजे

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको