भारतलाई पहिलो झट्का, आउट भए विराट कोहली « Khabarhub

भारतलाई पहिलो झट्का, आउट भए विराट कोहली


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप अन्तर्गत आयरल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको भारतलाई पहिलो झट्का लागेको छ ।

भारतीय टोलीका ओपनर विराट कोहली ५ बलमा एक रन बनाउँदै आउट भएका हुन् । उनलाई आयरल्याण्ड मार्क एडेयरले बेन्जामिन व्हाइटको हातबाट क्याच आउट गराएका हुन् ।

न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रन बनाएपछि भारतले ९७ रनको लक्ष्य पछ्याइरहेको छ ।

आयरल्याण्डका लागि ग्यारेथ डेलानीले २६ रन बनाए । १४ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कर्टिस क्याम्फरले १२, लोर्कन टकर १६ रन बनाए । ओपनर एन्ड्रयू बालबर्नीले ५ र पॉल स्टर्लिंगले २ रन बनाए ।

यता भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिए । त्यस्तै अर्शदीप सिंह र जस्प्रीत बुमराहले दुईदुई तथा अक्षर पटेल र मोहमद सिराजले एकएक विकेट लिए ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १० : २८ बजे

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत