दक्षिणकालीमा मृत भेटिएका दुवैजनाको पहिचान खुल्यो « Khabarhub

दक्षिणकालीमा मृत भेटिएका दुवैजनाको पहिचान खुल्यो


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणकाली नगरपालिका–८ केराबारीको भीरमा मृत भेटिएका एक पुरुष र एक महिलाको पहिचान खुलेको छ ।

मृतकहरुमा धादिङको सिद्धलेक गाउँपालिका– ५ घर भई भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण नगरपालिक– ५ कि ३२ वर्षीया सरिता राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले खोँचबाट उनीहरूको शव निकालेको हो । बुधबार एक पुरुष र महिला मृत भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रदेश ३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल समेत भेटिएको छ । जसकारण उनीहरु दुर्घटनामा परेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

बुधबार अपराह्न साढे ४ बजेतिर प्रहरीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय फर्पिङको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरी वृत्त कीर्तिपुरको टोलीले शव जाँच मुचुल्का उठाएको थियो ।

भीर तथा खोच भएका कारण बुधबार शव निकाल्न नसकेपछि आज विपद्को टोलीले शव निकालेको हो ।

करिब २ मिटर तलको पहराबाट शव निकालिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ११ : ४५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक