दक्षिणकालीमा मृत भेटिएका दुवैजनाको पहिचान खुल्यो « Khabarhub

दक्षिणकालीमा मृत भेटिएका दुवैजनाको पहिचान खुल्यो


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणकाली नगरपालिका–८ केराबारीको भीरमा मृत भेटिएका एक पुरुष र एक महिलाको पहिचान खुलेको छ ।

मृतकहरुमा धादिङको सिद्धलेक गाउँपालिका– ५ घर भई भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण नगरपालिक– ५ कि ३२ वर्षीया सरिता राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले खोँचबाट उनीहरूको शव निकालेको हो । बुधबार एक पुरुष र महिला मृत भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रदेश ३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल समेत भेटिएको छ । जसकारण उनीहरु दुर्घटनामा परेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

बुधबार अपराह्न साढे ४ बजेतिर प्रहरीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय फर्पिङको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरी वृत्त कीर्तिपुरको टोलीले शव जाँच मुचुल्का उठाएको थियो ।

भीर तथा खोच भएका कारण बुधबार शव निकाल्न नसकेपछि आज विपद्को टोलीले शव निकालेको हो ।

करिब २ मिटर तलको पहराबाट शव निकालिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ११ : ४५ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको