१४ वर्षमा जम्मा ५९ किलोमिटर ट्रयाकबेड « Khabarhub

पूर्वपश्चिम रेल

१४ वर्षमा जम्मा ५९ किलोमिटर ट्रयाकबेड


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण शुरू भएको १४ वर्ष अवधिमा जम्मा ५९ किलोमिटर रेल ट्रयाकबेड निर्माण भएको छ ।

आर्थिक वर्ष २०६६/०६७ देखि रेलमार्ग निर्माण थालिएको थियो । उक्त रेलमार्गको बर्दिबासदेखि निजगढसम्म ५९ किलोमिटरमा मात्र ट्रयाकबेड बिछ्याइएको हो ।

पूर्वपश्चिम रेलमार्ग आयोजना अन्तर्गत नै सरकारले आगामी पाँच वर्षमा थप डेढ सय किलोमिटर ट्रयाकबेड निर्माण गर्ने लक्ष्य अघि सारेको छ । राष्ट्रिय योजना आयोगले सोह्र पञ्चवर्षीय योजना (२०८१/०८२ देखि २०८५/०८६ सम्म) २०९ किलोमिटर ट्रयाकबेड निर्माण गर्ने लक्ष्य राखेको हो ।

आगामी पाँच वर्षमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग ५९ किलोमिटरलाई १४० किलोमिटर पुर्याउने र बिजलापुर बर्दिबासखण्डमा थप ६९ किलोमिटर ट्रयाकबेड निर्माण गर्ने सरकारको लक्ष्य छ ।

हालसम्म जयनगर-जनकपुर-बर्दिबास रेलमार्गको ६९ किलोमिटरमध्ये ५२ किलोमिटरमा रेल सेवा सञ्चालनमा आएको छ । रेलमार्ग निर्माणमा विगतलाई केलाएर हेर्ने हो भने उक्त लक्ष्य निकै नै महत्वाकांक्षी देखिन्छ । किनकी, रेलमार्ग निर्माण गर्न ठूलो पूँजी लगानी गर्नुपर्छ । जग्गा प्राप्ति, रुख, वन कटान र वातावरणीय अध्ययनमा पनि लामो समय लाग्ने गरेको छ ।

विगत तीन वर्षदेखि पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभित्तादेखि इनरुवासम्म मुआब्जा वितरण हुन नसकेको छैन । १०५ किलोमिटर पर्ने उक्त खण्डमा त्यसखण्डमा साढे ७ विघा जग्गा अधिग्रहण गर्नुपर्छ ।

त्यसका लागि मुआब्जा वितरणमा मात्रै २५ अर्ब रुपैयाँ लाग्ने रेल विभाग जनाउँछ । उक्त खण्डको मुआब्जाका लागि सरकारले स्रोत सुनिश्चितता गर्न सक्दा निर्माण अघि बढ्न नसकेको रेल विभागका प्रवक्ता कमलकुमार साहले बताए । मुआब्जामा मात्रै होइन, रुख कटान र वन क्षेत्रका कारण पनि रेलमार्ग निर्माणले तीव्रता पाउन नसकेको उनले जानकारी दिए ।

निजगढदेखि बुटवलसम्मको खण्डमा चितवन राष्ट्रिय निकुञ्ज ‘राइट अफ वे’ पर्ने हुँदा त्यसको विकल्पमा नयाँ डिजाइन बनाउनुपर्ने भएको छ । निकुञ्ज छलेर नयाँ रेखाङ्कन अनुसार डीपीआर निर्माण भइरहेको विभागले जनाएको छ ।

प्रक्रियागत समस्यासँगै सरकारले न्यून बजेट विनियोजन गर्दा पनि रेलमार्ग निर्माण पछि परेको सरकारी अधिकारीहरु बताउँछन् । रेलमार्ग निर्माण गर्न खर्बौं लगानी गर्नुपर्ने, तर कनिका झैं बजेट छर्ने सरकारी प्रवृत्तिका कारण रेलमार्ग निर्माण वर्षौ पर धकेलिएको विभागका पूर्व महानिर्देशक रोहित बिसुवाल बताउँछन् ।

‘साँच्चीकै रेलमार्ग निर्माण गर्ने हो भने त्यसअनुसारको नै बजेट सरकारले छुट्याउनुपर्छ । जहिले न्यून र कनिका छर्ने खालको बजेटले रेलमार्ग बनाउन सकिँदैन,’ उनले भने । आगामी ५ वर्षमा २०९ किलोमिटर रेलमार्गको ट्रयाक निर्माण गर्न वर्षेनी ५० देखि ६० अर्ब रुपैयाँ बजेट छुट्याउनु पर्ने उनको भनाइ छ ।

सरकारले चालू आर्थिक वर्षमा रेलमार्ग निर्माणका लागि १ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०८१/०८२ मा ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कुल ९२४ किलोमिटर लम्बाइ रहने पूर्व–पश्चिम विद्युतीय रेलमार्गको अहिले पूर्वीखण्ड अन्तर्गत काकडभित्तादेखि निजगढसम्म निर्माण अघि बढेको छ । अन्य खण्डको अध्ययन र डिजाइनको काम भइरहेको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ३ : ५६ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग