अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे | Khabarhub Khabarhub

अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।

अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए।

 उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरे ।

उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिए। बाँकेस्थित साइनिङ अस्पताल, (आइएनएफ)का अनुसार एक महिनाको अवधिमा करिब एक हजार छालाका बिरामीको जाँच भएको छ ।

साइनिङ अस्पताल (आइएनएफ)का कुष्ठरोग प्रमुख मंगल थारूले केही शंकास्पद (कुष्ठरोग) बाहेक अधिकांश छाला चिलाउने, दाद र लुतोलगायतका छालाका बिरामी आइरहेको बताए। 

प्रमुख थारूले गर्मी बढेपछि छालाका बिरामी आउने क्रम पनि बढेको उल्लेख गर्दै अवस्था हेरेर जाँच गरिएको बताए । चिकित्सकका अनुसार खासगरी गर्मीयाममा नै छालाका रोगका बिरामी वृद्धि हुने गर्दछ । नेपालगञ्जमा दिनअघि यहाँको तापक्रम ४४ दशमलव दुई डिग्री सेल्सियससम्म पुगेको थियो । 

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ४ : ४१ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ