पुन:मतगणना गराउने उच्चको आदेशविरुद्ध ब्यासका मेयर न्यौपाने पुगे सर्वोच्च | Khabarhub Khabarhub

पुन:मतगणना गराउने उच्चको आदेशविरुद्ध ब्यासका मेयर न्यौपाने पुगे सर्वोच्च


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-तनहुँको ब्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने २०७९ वैशाखमा भएको निर्वाचनको मतगणना फेरि गराउने उच्च अदालत पोखराको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

उच्च अदालतले यही असार २ गते पुन: मतगणना गर्नु भनी दिएको आदेशविरुद्ध अन्तरकालीन आदेश माग गर्दै मेयर न्यौपानेले सर्वोच्चमा रिट हालेका हुन् । यो रिटको पेशी आइतबारलाई तोकिएको छ ।

ब्यास नगरपालिकामा मेयर पदको निर्वाचनको मतगणना यही असार २ गते दोहोर्‍याएर गर्न उच्च अदालत पोखराले आदेश दिएको थियो।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनःमतगणना गर्नुपर्ने फैसला गरेको थियो । फैसलामा असार २ गते बिहान १० बजेदेखि पुनःमतगणना गर्न अदालतले भनेको थियो ।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनःमतगणना माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दिएका थिए ।

पहिलो पटक मतगणना हुँदा धाँधली भएको प्रष्ट देखिएको जोशीले बताइरहेका छन् । उच्च अदालतले नै निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको फैसला दिएको थियो ।

मत नमिलेको देखिएपछि पुन:मतगणना गर्नुपर्ने फैसला गरिसकेपछि विपक्षीहरूले त्यसो गर्नु हुँदैन भनेर अन्तरिम आदेशका लागि सर्वोच्चमा निवेदन दिनु धाँधली भएको कुरालाई प्रष्ट पार्नु भएको जिकिर जोशीले गरेका छन् ।

 

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ५ : १३ बजे

‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई

काठमाडौं– यसवर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा

फापरले गाँसेको टुकुचे–तोगा मितेरी साइनो

झुप्पामा फूल्छन् फापरका फूल । ठाउँ र जातअनुसार बदलिन्छन् फापरका

फापरखेतीमा कृषकको आकर्षण बढ्दो

मुगु– यहाँका गाउँघरमा फापरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

मेची खोलामा डुबेर पुरुषको मृत्यु

भद्रपुर– यहाँको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको

नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुरमा नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ परेका छन्