दलको नेतालाई रोकेर सतिश सिंहलाई मधेसको मुख्यमन्त्री बनाउँदै जनमत « Khabarhub

दलको नेतालाई रोकेर सतिश सिंहलाई मधेसको मुख्यमन्त्री बनाउँदै जनमत

शुक्रबार शपथ ग्रहण गराउने तयारी


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीले मधेश प्रदेशमा सांसद सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने भएको छ ।

संसदीय दलका नेता महेशकुमार यादवलाई अवसर नदिई जनमतले अर्थसमितिका सभापतिसमेत रहेका सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो ।

बिहीबार बसेको जनमत पार्टीको बैठकले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । साधरणत: संसदीय दलको नेतालाई मुख्यमन्त्री या सरकारको नेतृत्वमा लैजाने चलन छ ।

तर जनमतले संसदीय दलको नेता यादवलाई रोकेर सांसद सिंहलाई मुख्यमन्त्री बनाउन लागेको हो ।

सिंह र यादव दुवैजना सप्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । सिंह २०७९ को निर्वाचनमा सप्तरी २ (१) बाट विजयी भएका थिए । उता यादव सप्तरी २ (२) बाट विजयी भएका थिए ।

यादवलाई जनमतले २०७९ पुस १६ गते संसदीय दलको नेता बनाएको थियो । जनमतका अध्यक्ष डा. सीके राउत पनि सप्तरी २ बाट उपेन्द्र यादवलाई हराउँदै प्रतिनिधि सभाको सदस्य छन् ।

केन्द्रको सत्ता गठबन्धनबीच भागबन्डा मिलेपछि सिंहलाई शुक्रबार मुख्यमन्त्रीको शपथ ग्रहण गराउन लागिएको हो ।

जनमतका केन्द्रीय प्रवक्ता शरदसिंह यादवका अनुसार सिंहले शुक्रबार मुख्यमन्त्रीको शपथ लिने गरी प्रकृया अघि बढिसकेको छ।

जनमतका अध्यक्ष डा. सीके राउत हाल अमेरिका भ्रमणमा छन् । उनी शनिबार नेपाल फर्किने कार्यक्रम छ । मधेस सरकारको नेतृत्व आफ्नो भागमा मिलाएर उनी अमेरिका उडेका थिए ।

संघीय सत्ता गठबन्धनको सहमति अनुसार मधेसमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलसमेत ५६ जनाको समर्थन यादवलाई छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार बनाउन आह्वान गरेपछि दाबी पेस गर्ने गठबन्धनको तयारी छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ५ : ५३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय