वैतेश्वरमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रातो कार्ड | Khabarhub Khabarhub

वैतेश्वरमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रातो कार्ड


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– वैतेश्वर गाउँपालिकाले सोमबारदेखि शुरु भएको अपाङ्गता स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । आठ वडामा बिहीबारसम्म चलेको शिविरमा दुई सय जना क, ख, ग र घ गरी चार वर्गका अपाङ्गता भएका व्यक्तिहरूको अवस्था हेरेर वर्ग संशोधन तथा नयाँ कार्ड वितरण गरिएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार पूर्ण अपाङ्गता भएर यस अघि क वर्गको भत्ता बुझ्दै आएका करिब ४० जना व्यक्तिको अपाङ्गता अवस्था जाँच गर्दा सुधार आएको देखिएकाले उनीहरूलाई वर्ग संशोधन गरेर डाक्टरको सिफारिस अनुसार ख,ग र घ मा संशोधन गरिएको छ ।

त्यस्तै पुर्णरूपमा अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने तथा सहयोगीको भरमा बचिरहेका व्यक्तिहरूलाई पूर्ण अपाङ्ग कायम गरेर क वर्गको रातो कार्ड वितरण गरिएको छ ।

गाउँपालिकाले अपाङ्गता भत्ताको दुरुपयोग भएको गुनासो बढेपछि शिविर आयोजना गरेर अपाङ्गता जाँच तथा पहिचान गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी ख वर्गका अपाङ्गता रहेको पाइएको छ।

अन्तिम दिन वडा नम्बर ४ र ५ मा ६२ जनाको अवस्था पहिचान गरिएको थियो भने, पहिलो दिन वडा नम्बर १ र ८ मा ३४ जना,दोस्रो दिन वडा नम्बर २ र ७ मा ४४ जना तेस्रो दिन वडा नम्बर-३ र ६ मा ५१ जनाको अपाङ्गता परीक्षण गरिएको थियो।अपाङ्गता भएका व्यक्तिको अवस्था पहिचान वैतेश्वर अस्पतालका डाक्टर निरामिका पाठक र शिवनाथ यादवले गरेका थिए ।

शिविरमा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली, वडा अध्यक्ष लगायत पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी र वडाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

शिविरमा सहभागी बन्न छुटेका व्यक्तिहरूलाई गाउँपालिका बाटै कार्ड वितरण गरिने छ।

– सुबास बस्नेत

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ६ : ३५ बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति

काठमाडौं– नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको

रानीमहलमा लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै

काठमाडौं– लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको अन्तर प्रदेशस्तरीय बैठक पाल्पाको

जसले खसीको अण्डकोष टाँसेर बेचे बाख्राको मासु

पर्सा – खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक

आम्दानीको माध्यम बन्दै सुगन्धकोकिला

तुलसीपुर– सुगन्धकोकिला (मालागिरि) संरक्षण गर्न तुलसीपुर उपमहानगरपालिका–१९ का बासिन्दाले घर–घरमा