उत्तराखण्डमा खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु « Khabarhub

उत्तराखण्डमा खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

उत्तरकाशी – उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ ।

उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ)ले हिजो पाँच शव फेला पारेपछि घटनास्थलबाट थप चार शव फेला पारेको छ ।

एसडिआरएफले उद्धार कार्य पूरा गरेपछि शवहरूलाई हेलिकप्टरमार्फत भटवाडी ल्याइएको छ । मृतकहरू सबै कर्णाटकको बेङ्गलुरुका थिए ।

उत्तराखण्ड प्रहरीले सहस्त्रताल मार्गमा फसेका पदायात्रीहरूको खोजीका लागि उद्धार कार्य पूरा भएको बताएको छ ।

“अपरेसनमा हिजो १३ पदयात्रीको सकुशल उद्धार गरिएको छ, सुरक्षित रहेका आठ पदयात्रीलाई देहरादुन पठाइएको छ, अन्य पाँचलाई आज देहरादुन पठाइने छ”, प्रहरीले भनेको छ ।

कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले पदयात्रीको निधनप्रति शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १० : ४२ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले