सामसुङले स्मार्ट औँठी ल्याउँदै , बजार मूल्य कति ?   « Khabarhub

सामसुङले स्मार्ट औँठी ल्याउँदै , बजार मूल्य कति ?  


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले फोल्ड तथा फ्लिप फोन अर्थात् स्मार्ट औँठी लञ्च गर्ने भएको छ ।

कम्पनीले यसको आधिकारिक मिति भने घोषणा गरिसकेको छैन, तथापि यससँग सम्बन्धित विभिन्न खुलासा युक्त समाचारहरू अन्तर्राष्ट्रिय मिडियाहरूमा आइरहेका छन् ।

रिपोर्टहरूलाई आधार मान्ने हो भने कम्पनीले जुलाईको सुरुवातमा फोल्डबेल फोन लञ्च गर्ने छ । यो औँठी प्लेटिनम चाँदी, सिरेमिक कालो, र सुन रंगमा बन्ने छ ।

पछिल्लो पटक सामसुङको उक्त विशेष सार्वजनिक करण समारोह Samsung Galaxy Unpacked Event सँग सम्बन्धित केही नयाँ विवरणहरू सार्वजनिक भएका छन् । जस अनुसार जुलाइमा कम्पनीले Galaxy Z Fold 6 तथा Galaxy Z Flip 6 सँगै Galaxy Ring नामबाट स्मार्ट औँठी सार्वजनिक गर्दैछ ।

यस स्मार्ट औँठीको मूल्य ३०० देखि ३५० डलरसम्म पर्नेछ । यसको सिधा प्रतिस्पर्धा फिनिस कम्पनी औराको Oura Ring सँग हुनेछ ।

औराको स्मार्ट औँठीको मूल्य २९९ डलरदेखि ५४९ डलरसम्म रहेको छ । भने यो औँठीको मासिक सब्सक्रिप्सन शुल्क वार्षिक ७१.८८ डलर छ ।

यसमा स्वास्थ्य तथा तन्दुरुस्ती ट्रयाकिङ फिचर हुने बताइएको छ । यद्यपि सामसुङको ग्यालेक्सी रिंगको बारेमा विस्तृत विवरण भने आइसकेको छैन ।

यो औँठीमा Spo2, मुटुको गति, निद्रालगायतका फिचर्स हुनेछन् साथै यसमा ब्लुटुथ ५.४ कनेक्टिभिटी हुनेछ।

समाचार श्रोत : अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा 

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १२ : ३४ बजे

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा