भ्रष्टाचार न्यूनीकरणसहित यस्ता छन् मधेशका मुख्यमन्त्रीका योजना « Khabarhub

भ्रष्टाचार न्यूनीकरणसहित यस्ता छन् मधेशका मुख्यमन्त्रीका योजना

भन्छन् : संघीयतामाथिको प्रहार रोक्न विशेष पहल थाल्छौँ


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–  मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिस सिंहले पदभार ग्रहण गरेका छन् । शुक्रबार शपथ ग्रहण गरेलगत्तै जनकपुरधामस्थित सहिद गेट पुगेर सहिदको शालीकमा माल्यार्पणपछि पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेलगत्तै सिंहले सहिद परिवार, संघीयता र गणतन्त्रका संस्थापक नेता गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंहलक्षित कार्यक्रमदेखि कृषि, शिक्षा, सञ्चार र खेलकुदलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेका छन् ।

उनले संघीयतामाथि भइरहेका प्रहार रोक्ने र भ्रष्टाचार न्यूनीकरण आफ्नो पहिलो प्राथमिकता रहने समेत बताए ।

निर्णयहरू

नेताद्वय नेता गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंहलक्षित कार्यक्रमहरू ल्याउने ।

मधेशका १ सय ३६ पालिकाका १२ सय ७१ सबै वडामा बाँझो जग्गा उपयोग गर्न नमुना कृषि विकास मोडन लागु गर्दै एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने।

मधेशका हरेक जिल्लामा नमुनाको रूपमा एक एक खुल्ला शैक्षिक पार्क तयार गर्ने, मधेशको तथ्याङ्कलाई भरपर्दो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने।

वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई श्रम बैंकको रूपमा उपयोग गरी सिप र रोजगारको विकास गर्ने।

मधेशमा लगानी सम्मेलनको आयोजना गर्ने।

खोजमूलक पत्रकारिता प्रर्वद्वनका गर्दै प्रदेशको मिडिया साझेदारी कार्यक्रम गर्ने।

दर्ता भएका मिडियामा काम गर्ने पत्रकारहरूको दुर्घटना बीमा गर्ने।

मधेशमा गौरवको आयोजनाका रूपमा खेलकुदको रंगशाला निर्माण गरी प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने।

आफ्नो पार्टीसँग धेरै मन्त्रालय नरहे पनि अभिभावकको जिम्मा पाएकाले सबै दललाई मिलाएर यी काममा  केन्द्रित हुने उनको तर्क थियो ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ४ : २१ बजे

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा