भ्रष्टाचार न्यूनीकरणसहित यस्ता छन् मधेशका मुख्यमन्त्रीका योजना | Khabarhub Khabarhub

भ्रष्टाचार न्यूनीकरणसहित यस्ता छन् मधेशका मुख्यमन्त्रीका योजना

भन्छन् : संघीयतामाथिको प्रहार रोक्न विशेष पहल थाल्छौँ


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–  मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिस सिंहले पदभार ग्रहण गरेका छन् । शुक्रबार शपथ ग्रहण गरेलगत्तै जनकपुरधामस्थित सहिद गेट पुगेर सहिदको शालीकमा माल्यार्पणपछि पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेलगत्तै सिंहले सहिद परिवार, संघीयता र गणतन्त्रका संस्थापक नेता गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंहलक्षित कार्यक्रमदेखि कृषि, शिक्षा, सञ्चार र खेलकुदलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेका छन् ।

उनले संघीयतामाथि भइरहेका प्रहार रोक्ने र भ्रष्टाचार न्यूनीकरण आफ्नो पहिलो प्राथमिकता रहने समेत बताए ।

निर्णयहरू

नेताद्वय नेता गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंहलक्षित कार्यक्रमहरू ल्याउने ।

मधेशका १ सय ३६ पालिकाका १२ सय ७१ सबै वडामा बाँझो जग्गा उपयोग गर्न नमुना कृषि विकास मोडन लागु गर्दै एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने।

मधेशका हरेक जिल्लामा नमुनाको रूपमा एक एक खुल्ला शैक्षिक पार्क तयार गर्ने, मधेशको तथ्याङ्कलाई भरपर्दो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने।

वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई श्रम बैंकको रूपमा उपयोग गरी सिप र रोजगारको विकास गर्ने।

मधेशमा लगानी सम्मेलनको आयोजना गर्ने।

खोजमूलक पत्रकारिता प्रर्वद्वनका गर्दै प्रदेशको मिडिया साझेदारी कार्यक्रम गर्ने।

दर्ता भएका मिडियामा काम गर्ने पत्रकारहरूको दुर्घटना बीमा गर्ने।

मधेशमा गौरवको आयोजनाका रूपमा खेलकुदको रंगशाला निर्माण गरी प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने।

आफ्नो पार्टीसँग धेरै मन्त्रालय नरहे पनि अभिभावकको जिम्मा पाएकाले सबै दललाई मिलाएर यी काममा  केन्द्रित हुने उनको तर्क थियो ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ४ : २१ बजे

इरान–इजरायल द्वन्द्वमा ट्रम्पले ‘आगोमा घ्यू थपे’ : चीन

काठमाडौं– चीनले इरान र इजरायलबीच जारी द्वन्द्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड

संसद्को गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख र रास्वपाबीच छलफल

 काठमाडौं– प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा