प्रधानमन्त्री पक्का गरेपछि मोदीको सम्बोधन - मेरो नजरमा सबै धर्म समान छन् | Khabarhub Khabarhub

प्रधानमन्त्री पक्का गरेपछि मोदीको सम्बोधन – मेरो नजरमा सबै धर्म समान छन्

यी हुन् सम्बोधनका १० महत्वपूर्ण बुँदा


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पद पक्का गरिसकेपछि शुक्रबार नरेन्द्र मोदीले संसद्‍को सेन्ट्रल हलबाहिर सम्बोधन गरेका छन् ।

मोदीले सम्बोधनका क्रममा भारतीय जनता पार्टीसहित राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा सामेल दलहरूलाई धन्यवाद दिएका छन् ।

यस अवसरमा उनले आफ्ना लागि भावुक पल भएको बताए । उनको पूरा सम्बोधन सहयोगी दलहरूलाई विश्वासमा लिन केन्द्रित थियो ।

संसद्को सेन्ट्रल हलमा मोदीलाई एनडीएले संसदीय दलको नेता चुनेपछि उनले एनडीएका सबै दललाई आभार प्रकट गरे ।

मोदी सरकारको दोस्रो कार्यकालमा रक्षा मन्त्रालय सम्हालेका राजनाथ सिंहले प्रधानमन्त्री पदका लागि नरेन्द्र मोदीको नाम प्रस्ताव गरेका थिए ।

अमित शाहले यस प्रस्तावलाई अनुमोदन गरे । त्यसपछि चन्द्रबाबु नायडु, नीतिश कुमार, एकनाथ शिन्देसमेत सबै दलका नेताले एक-एक गर्दै प्रधानमन्त्रीका लागि नरेन्द्र मोदीको नाममा आफ्नो सहमति दिए ।

प्रधानमन्त्री चुनिने क्रममा उनले सबै दललाई धन्यवाद दिए । यस पटक भाजपा आफ्नो बलमा नभएर सहयोगी दलसहितको गठबन्धन सरकार बनाउँदैछ ।

उनले भाषणमा पूर्व प्रधानमन्त्री अटल बिहारी, शिवसेना संस्थापक बाला साहेब ठाकरे, शिरोमणि अकाली दलका प्रकाश सिंह बादलसमेत सहयोगी दलका तमाम दिवंगत नेतालाई पनि सम्झिँदै उनीहरूले एनडीएलाई मूर्त रुप दिएको बताए ।

मोदीको भाषणका १० कुरा

१. नरेन्द्र मोदीले सरकार गठनअघि नै सबैलाई साथमा लिएर हिँड्ने बचन दिए । उनले सरकार चलाउन बहुमत चाहिने बताउँदै तर देश चलाउन सर्वसम्मत जरूरी रहेको ब्याख्या गरे । मोदीले भारतबासीलाई यो सरकारले सर्वसम्मत प्रयाससहित देशलाई अगाडि बढाउने बताए ।

२. तेस्रो पटक प्रधानमन्त्री बनिरहेका मोदीले एनडीएको इतिहासतिर फर्किएर हेरे । उनले एनडीएको तीन दशकको यात्रा मजबुतीको सन्देश रहेको बताए । यस गठबन्धनले ३० वर्षमा पाँच-पाँच वर्षका तीन अवधि सफलतापूर्वक पूरा गरेको उनले बताए । मोदी यहाँ अटल बिहारी वाजपेयीको सरकार र आफ्ना दुई सरकारको जिकिर गरिरहेका थिए ।

३. आफ्नो भाषणका क्रममा मोदीले सर्वधर्म सम्भावको कुरा निकाले । भने ‘हामी सर्वधर्म सद्भावप्रति समर्पित छौँ।’

४. मोदीले एनडीए गठबन्धन साँचो अर्थमा भारतको असली आत्मा, भारतको जरासम्म बसेको बताए । यो गठबन्धन भारतको आधारभूत मान्यताको प्रतिबिम्ब रहेको पनि उनले बताए । उनले एनडीएलाई २२ राज्यमा जनताले सरकार बनाएर सेवा गर्ने मौका दिएको पनि बताए ।

५. नरेन्द्र मोदीले आदिवासी बहुल राज्यको पनि जिकिर गरे । उनले भारतका १० राज्य, जहाँ आदिवासीको प्रभाव छ, तीमध्ये ७ मा एनडीए गठबन्धनलाई सेवा गर्ने मौका मिलेको कुरा पनि सुनाए ।

६. मोदीले दक्षिण भारतमा एनडीएको विस्तारबारे पनि चर्चा गरे । उनले दक्षिण भारतमा एनडीएले एक नयाँ जगलाई बलियो बनाएको बताए । कर्नाटक र तेलङ्गानामा भर्खरै इन्डिया गठबन्धनको सरकार बने पनि तर पलभरमै जनताले एनडीएसँग गला मिलाएको तर्क उनले गरे ।

उनले तमिलनाडुबारे विशेष जोड दिँदै भने-आज तमिलनाडुमा हामीले भलै सिट जितेनौँ तर जुन तीव्रताका साथ एनडीएको भोट प्रतिशत बढिरहेको छ, त्यसबाट प्रष्ट हुन्छ त्यहाँ भविष्यमा के लेखिँदैछ भन्ने कुरा ।

केरलबारे पनि उनले चर्चा गरे । ‘केरलमा हाम्रा सयौँ कार्यकर्ताले बलिदान दिएका छन् । केरलमा भाजपा यस पटक खाता खोल्न सफल भएको छ । दक्षिणको यस राज्यमा भाजपालाई एक सिट मिलेको छ’, उनले भने ।

७. उनले ओडिशाको जितको पनि स्मरण गरे । मोदीले ओडिशा क्रान्ति नै भएको बताए । ‘ओडिशामा यस पटक भाजपाले ऐतिहासिक प्रदर्शन गर्दै विधानसभामा बहुमत हासिल गर्‍यो । जबकि लोकसभामा २१ मध्ये २० सिट आफ्नो नाममा गरेको छ’, उनले भने ।

८. मोदीले अटल बिहारी, प्रकाश बादल, बालासाहेब ठाकरे र जर्ज फर्नान्डिसलाई सम्झिए । उनले भने- हाम्रासामु यस्ता महान नेताको विरासत छ, हामीलाई यसमा गर्व छ । बितेका १० वर्षमा यही विरासतलाई लिएर देशलाई अघि बढाउने प्रयासमा हामी छौँ ।

९. मोदीले सहयोगी दलका सांसदको प्रशंसामा पनि शब्द खर्चिए । भने- सदनमा कुनै पनि दलका कोही पनि जनप्रतिनिधि हुन्छन् । तर मेरा लागि ती सबै बराबर हुन् । जब म सबको प्रयासको कुरा गरिरहेछु, ती सबै मेरा लागि बराबर हुन् ।

१०. लगातार विद्युतीय भोटिङ मेशिन (ईभीएम) मा प्रश्न उठाइरहेका विपक्षीमाथि पनि मोदीले निशाना साँधे । उनले भने- आशा गर्दछु अबको ५ वर्षसम्म अब ईभीएम सुनिने छैन ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ७ : १६ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको