कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउने तयारी थालिसकेको छ : विमलेन्द्र निधि « Khabarhub

कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउने तयारी थालिसकेको छ : विमलेन्द्र निधि


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै आगामी चुनावमा बहुमत ल्याउने गरी तयारीमा लागिसकेको बताएका छन्।

शुक्रबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा निधिले पार्टीभित्रको वितृष्णा हटाउँदै असन्तुष्टि र असहमतिलाई मिलाउन देशभर छलफल र भेटघाट थालिएको जानकारी दिए।

‘पार्टीभित्रको समस्या समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ’, निधिले अगाडि भने ।

पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारका आधारमा समाधान गर्नुपर्ने उनले बताए ।

निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूका कारण राष्ट्रिय राजनीतिमा समस्या आइरहेको बताए। यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरे पनि टिक्न नसकेको उनले बताए ।

पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि दाहाल त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनले बताए ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ७ : ५० बजे

बनस्थलीमा रास्वपा सचिवालय बैठक, स्थानीय चुनाव र संगठन सुदृढीकरण मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आइतबार बसिरहेको छ।

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

स्थानान्तरणबाट छुटेका सुकुम्वासीलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं– शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रवर्द्धनको प्रतीक्षामा सीता गुफा

गण्डकी– धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२