युईएफए वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी, रोनाल्डो र भर्जिल « Khabarhub

युईएफए वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी, रोनाल्डो र भर्जिल


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युईएफए) वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । यूईएफले सार्वजनिक गरेको अन्तिम ३ खेलाडीको सूचीमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्टार खेलाडी भर्जिल भान जिक परेका छन् ।

च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका लिभरपुलका मोहम्मद सलाहा र साडियो माने, पूर्व आयाक्सका म्याथ्युज डी लिग्ट र डीयोङले भने अन्तिम तीनमा स्थान बनाउन सकेनन् ।

वर्ष खेलाडीका लागि पुन: एकपटक मेस्सी र रोनाल्डोबीच प्रतिस्पर्धा हुँदैछ तर, यी दुई स्टार खेलाडीको बीचमा भर्जिल भान जिकले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पार्न सक्ने आकलन पनि गर्न थालिएको छ।

यूईएफएले अब ३ खेलाडीबाट १ खेलाडीलाई अगष्ट २९ मा यो अवार्ड प्रदान गर्नेछ । जसमा मेस्सी र रोनाल्डोको भन्दा धेरै सम्भावना भर्जिलको देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

किनभने भर्जिलको यो सिजन मेस्सी र रोनाल्डो भन्दा धेरै राम्रो गुज्रेको छ । उनले लिभरपुललाई च्याम्पियन्स लिग उपाधि जीताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ४९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी