नेकपा प्रमुुख सचेतक ढकालको घरमा आक्रमण, गाडीमा आगजनी « Khabarhub

नेकपा प्रमुुख सचेतक ढकालको घरमा आक्रमण, गाडीमा आगजनी


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा विहीबार राति अज्ञात समूहबाट आक्रमणको प्रयास भएको छ ।

प्रमुख सचेतक ढकालको घरमा आक्रमणको प्रयास गर्दै अज्ञात समूहले त्यहाँ राखिएको लु १ प ४५६ नम्बरको सरकारी गाडीको सिसा तोडफोड गर्नुका साथै आगजनी गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए ।

राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको समूहले आगजनी गरको प्रहरीले जनाएको छ ।

‘नेता ढकाल केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ । सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत हुनुहुन्छ ।’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने, ‘नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको हो ।’

गाडी तोडफोड गर्ने समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ४९ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी