भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु « Khabarhub

भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ ।

प्रहरीलाई घटनाको बारेमा पीसीआर कलबाट सूचना प्राप्त भए पछि प्रहरी कर्मचारीहरू  फूड्स लिमिटेडमा पुग्दा आगो लागिरहेको प्रहरीले जनाएको छ । घटना हुँदा  नौ जना कारखाना भित्र  रहेको जनाईएको छ । 

 उनीहरूको उद्धार पछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइते मध्ये तिन जनालाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग्यास बर्नरमा कच्चा मुग भर्ने क्रममा ग्यासको एउटा पाइपलाइनमा ग्यास चुहिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आगो फैलिदा कम्प्रेसर अत्यधिक तताएको परिणामस्वरूप विस्फोट भएको थियो ।

 मृत्यु हुनेहरूमा श्याम , राम सिंह र बीरपा रहेको पुष्टि भएको छ । घाइते मध्ये पुष्पेन्द्र आकाश , मोहितकुमार , रवि कुमार, मोनु र लालु  रहेका छन् ।

 घटनासँग उपयुक्त धारा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ६ : ३१ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३