रारामा ३८ लाख रुपैयाँ राजश्व सङ्कलन « Khabarhub

रारामा ३८ लाख रुपैयाँ राजश्व सङ्कलन


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– कर्णालीको प्रसिद्ध पर्यटकीय स्थल रारा क्षेत्रको रारा राष्ट्रिय निकुञ्जले २०७५/७६ मा ३८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार गत आवमा ४६५ बाह्य तथा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आएका थिए । बाह्य पर्यटकका लागि रारामा प्रवेश शुल्क पहिलेदेखि नै लागू गरिएको थियो । ‘आन्तरिक पर्यटकका लागि गत कात्तिकदेखि प्रवेश शुल्क लिन थालिएको हो,’ रोकायाले भने ।

गत कात्तिकदेखि आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति  १०० तथा बाह्य पर्यटकलाई प्रतिव्यक्ति ३ हजार ३ सय ९० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सार्क राष्ट्रको नागरिकका लागि प्रवेश शुल्क १ हजार ५०० तोकिएको छ ।

कर्णाली राजमार्गको स्तरोन्नति नहुनु र रारा विमानस्थलमा हवाईसेवा नियमित नभएका कारण पर्यटकको आगमनमा कमी आएको रोकायाले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ११ : २७ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि