कांग्रेस सबैको साझा पार्टीः सहमहामन्त्री परियार « Khabarhub

कांग्रेस सबैको साझा पार्टीः सहमहामन्त्री परियार


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस मात्रै सबैको साझा पार्टी भएको बताएका छन्।

आज लमजुङका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा परियारले कांग्रेस विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै कार्यकर्तालाई जनताको भावना बुझेर काम गर्न निर्देशन समेत दिए ।

उनले नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी रणनीतिक कार्यदिशा विषयमा प्रशिक्षण दिएका थिए। उनले महिला, दलित, अल्पसङ्ख्यक र पिछडिएका वर्गलाई कांग्रेसले २००६ सालदेखि नै पार्टीका विभिन्न समितिमा प्रतिनिधित्व गराउँदै आएको उल्लेख गर्दै कांग्रेस सबैको साझा पार्टी भएको बताए ।

उनले कार्यकर्ताहरु नियमित रुपमा जिल्ला, नगर र वडा समितिको बैठक बसी गतिविधिको समीक्षा गर्न सुझाव दिए ।

नेपाली कांग्रेस सुन्दरबजार नगरपालिकाको आयोजनामा भएको प्रशिक्षणमा जिल्ला कार्यसमिति प्रशिक्षण शाखाको प्राविधिक सहयोग रहेको थियो ।

सो अवसरमा सहमहामन्त्री परियारसँगै गण्डकी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद लामिछाने, जिल्ला उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख आनन्द घिमिरे र कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ८ : ३२ बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति