इजरायलद्वारा मध्य गाजामा आक्रमण, ५५ जना प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायलद्वारा मध्य गाजामा आक्रमण, ५५ जना प्यालेस्टिनीको मृत्यु


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

गाजा – मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसिरात शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो सङ्ख्यामा घाइते प्यालेस्टिनीकोलाई अस्पताल पठाइएको बताएका छन् । यसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ ।

प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको र यसका कारण स्थानीय नागरिकको सुरक्षाका लागि केही घाइतेहरूलाई एम्बुलेन्स सेवाहरू समयमै पु¥याउन नसकिएको बताएका थिए ।

यसैबीच, हमास नियन्त्रित गाजाको प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमका अनुसार नुसिरात शिविरमा भएको आक्रमणमा परी कम्तीमा २१० जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली सेना, पुलिस र गुप्तचर निकाय शिन बेटले एक संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, “हाम्रो सेनाले यस क्षेत्रमा आतङ्कवादी संरचनामा आक्रमण गरिरहेको र चार इजरायली बन्धकहरूलाई मुक्त गरेको छ ।”

शिन बेट लडाकू र विशेष प्रहरी इकाईले नुसिरातको मुटुमा रहेको दुई छुट्टाछुट्टै क्षेत्रबाट अपहरणमा परेका व्यक्तिहरूलाई उद्धार गरेको छ ।

बन्धकहरूको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरूलाई इजरायलको तेल हसोमर अस्पतालमा चिकित्सा परीक्षणका लागि सारिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  १० : ५९ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित