धादिङमा पहिलो पटक डण्डीबियो प्रतियोगिता « Khabarhub

धादिङमा पहिलो पटक डण्डीबियो प्रतियोगिता


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङमा पहिलो पटक आयोजना भएको डण्डीबियो प्रतियोगिताको उपाधि अमरावती माध्यमिक विद्यालय मैदीले जितेको छ । उसले उपाधिसहित नगद ५० हजार प्राप्त गरेको छ ।

त्यसैगरी निलकण्ठ माध्यमिक विद्यालय धादिङबेसीले दोस्रो स्थान हासिल गर्दा रानीपौवा माध्यमिक विद्यालय सल्यान्टारले तेस्रो स्थान हात पार्‍यो । त्यसैगरी कुमारी देवी माध्यमिक विद्यालय ज्याङरुङले चौथो स्थानमा चित्त बुझायो ।

प्रतियोगितामा विजयी विद्यालयमध्ये द्धितिय हुने टिमले ३० हजार, तृतीयले २० हजार र सात्वना हुने टिमले १० हजार रुपैयाँ  प्राप्त गरे ।

जिल्ला स्काउट कार्यालय धादिङको आयोजनामा माद्यामिक विद्यालयले भाग लिन पाउने गरि जिल्ला स्तरीय प्रतियोगीता आयोजना गरिएको हो । प्रतियोगितामा ४३ विद्यालय सहभागी भएका थिए । खेल संचालन गर्नको लागि नेपाल डन्डीवियो संघले प्राविधिक सहयोग गरेको थियो ।

प्रतियोगीता आयोजना गर्नुपुर्व डन्डीवियो खेलको नियम, नम्वर प्राप्त गर्ने तरिका, जित हार हुने नियमका विषयमा जिल्लाका ६० भन्दा बढी माद्यामिक विद्यालयका १/१ जना शिक्षक र विद्यार्थीहरुको लागि प्रशिक्षण समेत दिइएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ७ : १३ बजे

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण