कोशी सरकारविरुद्धको रिट न्यायाधीशहरु ढुंगाना, मुसलमान र पोखरेलको इजलासमा | Khabarhub Khabarhub

कोशी सरकारविरुद्धको रिट न्यायाधीशहरु ढुंगाना, मुसलमान र पोखरेलको इजलासमा


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

यसअघि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त रिट सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् ।

कार्कीले रिटमा प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टलगायतलाई विपक्षी बनाएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा हिक्मत कार्की संविधानाको धारा १६८ को उपधारा (५) अनुसार नै हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ११ : ४२ बजे

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्

विकासोन्मुख देशहरूका लागि उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक