कोशी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा « Khabarhub

कोशी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ हेर्न नमिल्ने सूचीमा परेको छ ।

रिटको सुनुवाइका लागि आज न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, सुनिलकुमार पोखरेल र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो ।

यसमध्ये न्यायाधीश पोखरेलले यसअघि कोशीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमा कानुन व्यवसायीका रूपमा बहस गरेका थिए । सोही कारण आजको इजलासमा पोखरेल बस्न नमिले पछि रिट हेर्न नमिल्नेमा परेको हो ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् ।

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १२ : १५ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६