कर्णालीको पुलमा फसेकामध्ये दुई खच्चड मरे, आठवटालाई जीवितै निकालियो « Khabarhub

कर्णालीको पुलमा फसेकामध्ये दुई खच्चड मरे, आठवटालाई जीवितै निकालियो


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए । जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो । अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको छ ।

दैलेखको आठबीस नगरपालिका ६ का वडाअध्यक्ष नवराज शर्माका अनुसार पुलमा फसेका १४ मध्ये ८ वटा खच्चडलाई निकालिएको छ । पुलका बाँकी खच्चडलाई तानेर निकाल्ने कोसिस भइरहेको छ । ती खच्चड नदीमा खसाल्दा ढुंगामा पर्ने भएकाले तानेर निकाल्न लागिएको हो ।

पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिदा खच्चड तारमा अड्किएकाले उद्धार भइरहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले बताए ।

अहिले पुलबाट केहीलाई नदीमा खसालेर उद्धार गरिएको छ भने केहीलाई लठ्ठाबाट डोरीले तानेर निकालिएको वडाअध्यक्ष शर्माले जानकारी दिए ।

लठ्ठा चुँडिएर पुल लच्किँदा अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ । अहिले पुलमा अड्किएका अरु खच्चडलाई पनि निकाल्ने कोसिस जारी रहेको शर्माले बताए । त्यसका लागि पुलको जाली काट्ने काम जारी रहेको शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  २ : १७ बजे

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको