मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु « Khabarhub

मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटबाट वैदेशिक रोजगारीमा मलेसिया गएका एक जना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ।

रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

मलेसिया स्थित कम्पनीबाट काम सकेर कोठामा फर्किनेक्रममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ।

मृतकको को शव १० दिनपछि शनिबर साँझ उनको घरमा ल्याएर गएराती अन्त्येष्टि गरिएको छ ।

हिन्दु परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको कटहरिया ३ कारवडा अध्यक्ष श्यामान्त यादवले बताएका छन्।

मलेसियास्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट  क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।

पछिल्लो एक वर्ष देखि उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  २ : २३ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा