एमाले नेता महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ « Khabarhub

एमाले नेता महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


29.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग नाम जोडिएर विवादमा परेकी शोभा पाठकलाई प्रहरीले पक्रेको छ ।

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिहरूको चरित्रहत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरको पुल्चोकबाट सोमबार पक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीकाअनुसार सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिको चरित्र हत्या गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको हो ।

लामो समयदेखि निकट सम्बन्धमा रहेका महेश र शोभाबीचको विवाद अचेल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शोभामाथि विभिन्न व्यक्तिसँग मोलमोलाइ गरेर रकम मागेको आरोप पनि लाग्ने गरेको छ ।

शोभाले पूर्व उद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध यसअघि नै जिल्ला प्रहरी परिसर काठमाडौंमा जबरजस्ती करणसम्बन्धी जाहेरी पनि दिएकी थिइन् ।

बस्नेतले युवाहरू लगाएर आफूलाई अपार्टमेन्टमै आक्रमण गराएको आरोप उनले लगाउँदै आएकी थिइन् ।

पाठकले  बस्नेतविरुद्ध ‘भ्रुण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी पनि दिइन् । उक्त प्रकरणमा प्रमाण नपुग्ने भन्दै प्रहरीले उनको उजुरीलाई तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो ।

आइतबार मात्रै शोभाले सामाजिक सञ्जाल फेसबुकमार्फत् बस्नेतसँगका गोप्य तस्बिर सार्वजनिक गरेकी थिइन् । एमाले र माओवादीका उच्च तहका अन्य नेतासँग पनि उनले फोटो खिच्ने गरेकी थिइन् । उनी पछिल्लो समय एकजना बहालवाला मन्त्रीसँग मिलेर आफ्नो बदनाम गर्दै हिँडेको गुनासो बस्नेतले गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : ४९ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर