उपेन्द्र यादवको प्रतिवेदन : प्रचण्ड नेतृत्वको सरकारले जसपा फुटाइदियो | Khabarhub Khabarhub

उपेन्द्र यादवको प्रतिवेदन : प्रचण्ड नेतृत्वको सरकारले जसपा फुटाइदियो


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पार्टी फुटाइदिएको आरोप लगाएको छ ।

सरकारले राजकीय स्रोत, साधन र शक्ति दुरूपयोग गरी पार्टी फुटाइदिएको कुरा अध्यक्ष उपेन्द्र यादवले पेश गरेको दस्तावेजमा उल्लेख छ ।

जनकपुरधाममा सोमबारबाट सुरू महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारले पार्टी विभाजन गराएपछि अहिले आफूहरू प्रतिपक्षको भूमिकामा रहेको अध्यक्ष यादवले उल्लेख गरेका छन् ।

संघीय सरकारमा फेरिनेबित्तिकै प्रदेश सरकारहरूमा उथलपुथल एवम् परिवर्तन हुनाले राज्य झन् अस्थिर भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश सरकारका कार्यहरूले जनता उत्साहित र लाभान्वित नै भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न प्रतिगमनलाई परास्त गर्न, सुशासन र विकास कार्यलाई अगाडि बढाउन, हाम्रो पार्टी सडकका साथै संसद् र सरकारमा सहभागी भई सङ्घर्षलाई निरन्तर जारी राख्नुपर्दछ । सडक, संसद् र सरकार तीनवटै हाम्रा लागि संघर्षकै मोर्चा हुन्, यसलाई समय सापेक्ष जनहितमा उपयोग गरिनुपर्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, सुशासन, पहिचान, धर्मनिरपेक्षता, सामाजिक न्यायका पक्षधर र समाजवादी शक्तिहरू, सिद्धान्त, विचार र नीति मिल्ने दलहरूसँग एकीकरण अथवा पार्टी एकता गर्ने नीति अगाडि सारेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक मुद्दा मिल्ने तर सिद्धान्त, विचार नमिल्ने दलहरूसँगका सङ्घर्षको प्रकृति हेरी संयुक्त मोर्चा वा कार्यगत एकतामा आबद्ध गर्नुपर्दछ । हामीले संघियता, लोकतान्त्रिक गणतन्त्र विरोधी वा परिवर्तनका बाधक शक्तिहरूलाई एकल्याउन र त्यसको विरूद्ध सबै राजनीतिक शक्तिहरूलाई मोर्चामा आबद्ध गर्न सक्नुपर्छ ।’

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : ३० बजे

म्याग्दीका नौ सय घरमा ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको

सम्बन्ध सुधार्ने प्रयासमा भारत र चीन

काठमाडौं– नेपालका दुई छिमेकी तथा परम्परागत प्रतिस्पर्धी मुलुकहरु भारत र

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

पाल्पा- वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका

सिँचाइमा क्षति हुँदा खेतबारी बाँझै

पाँचथर– एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा टारी कुलो

जन्मोत्सव मनाउने क्रममा विवादमा यामल

काठमाडौं – आफ्नो १८ औं जन्म दिन मनाउने क्रममा होचा