कपिलवस्तुमा बस र पिकअप ठोकिँदा एक जनाको मृत्यु  « Khabarhub

कपिलवस्तुमा बस र पिकअप ठोकिँदा एक जनाको मृत्यु 


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुमा बस र पिकअप गाडी एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको बुद्ध भूमि नगरपालिका–४ झडुलामाई मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रु वाहक बस र पिकअप गाडी ठोकिँदा एक जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान साढे ५: १५ बजेतिर काठमाडौंबाट सुर्खेत जाँदै गरेको कप्र.०२–००१ ख ०५२५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप आपसमा ठोकिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

उनका अनुसार ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ११ : १० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई