रविले अमेरिकामा रहेको घरको किस्ता नतिर्दा घर खाली गर्न सूचना « Khabarhub

रविले अमेरिकामा रहेको घरको किस्ता नतिर्दा घर खाली गर्न सूचना


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार रवि लामिछाने यतिवेला चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले थप अनुसन्धानका लागि लामिछानेसहितका तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यूज २४ का पूर्व सहकर्मी पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भनिएको नेपालआज अनलाइनको युट्युब च्यालमार्फत सार्वजनिक  एक भिडियोमा आफ्नो मृत्युको कारण रवि लामिछाने, युवराज कडेल र अस्मिता भनिने रुकु कार्की भएको बताएपछि थप अनुसन्धानको लागि भन्दै उनीहरु तीनै जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विवादको घेरमा रवि

‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत चर्चामा रहेका पत्रकार लामिछाने यसअघि पनि विभिन्न विवादमा फस्दै आएका छन् ।

पत्नीसँगको डिभोर्सदेखि पत्रकारको पास लिन्न भन्ने विषय सम्मले लामिछाने विवादमा तानिएका थिए । लामो समय अमेरिकामा बसोबास गरेर उतै घरजम गरेका लामिछाने नेपाल फर्किएर पुन पत्रकारितामा सक्रिय बनेका थिए । तर उनले प्रेस काउन्सिलको नेतृत्व नालायकी भएको भन्दै पास नलिने बताए ।

उनी अवैधानिक रुपमा नेपालमा बसेर काम गरिरहेको भन्दै विरोध तिब्र भएसँगै लामिछानेले अमेरिकाको नागरिकता त्यागेर पुन नेपालको नागरिकता लिएका थिए ।

त्यसपछि उनी पत्नीसँगको डिभोर्स प्रकरणका कारण चर्चामा रहे । पत्नी इशासँग डिभोर्स गरि रविले निकिता पौडेलसँग विवाह गरेका छन् ।

घर खाली गर्न जारी गरिएको सूचना

अमेरिकामा रहेको घरको किस्ता नतिर्दा समस्या

ईशासँगको २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका लामिछानेले पत्नी इसासँग डिभोर्स गर्दा अमेरिकामा उनी बस्ने घर, उनीहरुको खर्चपानी, सन्तानको जिम्मा लिने कागजमा सही गरेका थिए ।

तर पूर्व पत्नीसँग डिभोर्स गर्दाको कागज बमोजिम घरको किस्ता र छोरीको कलेज फि नतिरेका कारण घर खाली गर्न जुन १० तारिखमा अमेरिकाको मेरिल्याण्डको कानून अनुसार सूचना जारी भएको थियो ।

जसमा लामिछानेले घरको किस्ता नतिरेका कारण तत्काल तिर्न भनिएको थियो । एक भन्दा बढी किस्ता नतिरेका कारण लामिछानेको घर लिलामिको खतरामा रहेको सूचनामा जनाइएको थियो । सम्झौता अनुसार एक भन्दा बढी किस्ता नतिरेका कराण तत्काल तिर्न सूचना जारी गरिएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ४ : २० बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख