विधि, पद्धति र नियमभित्र रहेर बजेट ल्याइयोस् : कांग्रेस « Khabarhub

विधि, पद्धति र नियमभित्र रहेर बजेट ल्याइयोस् : कांग्रेस


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने बताएको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८१-८२ को सरकारको नीति तथा कार्यक्रमजस्तै ढंगले बजेट ल्याइएमा कांग्रेसले प्रतिवाद गर्ने बताए।

बजेटको तयारी मन्त्री र नेताको सचिवालयका कार्यकर्ता तथा विचौलियाको प्रभावमा नभई मन्त्रालयको प्रक्रिया, विधि, पद्धति र नियममा बसेर बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय भएको उनले जानकारी दिए। 

कांग्रेसले आगामी आर्थिक वर्षका लागि अनावश्यकरुपमा बजेटको आकार बढाएर आफ्ना सांसद र कार्यकर्तालाई थम्थम्याउने काम नगर्न पनि सचेत गराएको छ ।

 प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार जोगाउने नाममा मन्त्रालय फुटाएर आर्थिक व्ययभार थप्नेगरी मन्त्री नियुक्त गर्ने कुराको विरोध गर्ने पनि शाहले बताए।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ३ : ०९ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग