पाकिस्तानमा आतंकवादी हमला, ७ सैनिकको मृत्यु « Khabarhub

पाकिस्तानमा आतंकवादी हमला, ७ सैनिकको मृत्यु


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी आक्रमणमा सात सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेसन्सले लक्की मारवत जिल्लामा सुरक्षा बलको गाडी नजिकै भएको बम विस्फोटमा एक वरिष्ठ अधिकारीसहित सात सेनाको मृत्यु भएको जनाएको हो । 

सेनाले विज्ञप्तिमा जनाएअनुसार अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वाको लक्की मारवत जिल्लामा आइतबार सडक किनारमा भएको बम विस्फोटको बदलास्वरूप छापा मारिएको थियो । सोही क्रममा सेनामाथि आतङ्कवादी आक्रमण भएको हो ।

पाकिस्तानी अधिकारीहरूले प्राय: अफगानिस्तानका तालिवान शासकहरूले तेहरिक-ए-तालिबान-ए-पाकिस्तान (टीटीपी) लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउने गरेका छन्‌ । तर, काबुलले सो आरोप बारम्बार अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ७ : १२ बजे

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको