भारतको नयाँ सेना प्रमुखमा उपेन्द्र द्विवेदी « Khabarhub

भारतको नयाँ सेना प्रमुखमा उपेन्द्र द्विवेदी


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको नयाँ सेना प्रमुखमा लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी नियुक्त हुने भएका छन् । भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदीलाई सेना प्रमुख बनाउन लागेको हो ।

लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालन अनुभव छ । हाल उपसेना प्रधानसेनापति पदमा कार्यरत रथी मनोज पाण्डे असार ३० गते अवकाश लिँदैछन् ।

वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो । गत महिना सरकारले महारथी मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो ।

उनले मे ३१ मा अवकाश लिने कार्यक्रम रहेकोमा ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी नेपाली सेनाको उपप्रमुखमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ११ : ५१ बजे

पदाधिकारीमा ओलीले समेटेनन् ४० वर्षमुनिका युवा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्यानलको नाम

ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सचिवको जिम्मेवारीमा

महाधिवेशनस्थलमै पुगेर भोट माग्दै ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनस्थलमै

एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य

काठमाडौं- नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको