काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदै « Khabarhub

काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदै


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न शुक्रबारदेखि काठमाडौंमा १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ ।

‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका एक सय ५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले जानकारी दिए ।

‘मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ’, उनले भने ।

मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् ।

यसैगरी मेलामा सातवटै प्रदेशका स्टल पनि राखिने छ । स्थानीय भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताए ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १२ : ०८ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको