नतिजा आएको आठ दिनपछि चीनले दियो मोदीलाई बधाई « Khabarhub

नतिजा आएको आठ दिनपछि चीनले दियो मोदीलाई बधाई


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले भारतको लोकसभाको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ ।

चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार भारतमा लोकसभा चुनावको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन् ।

चिनियाँ प्रधानमन्त्रीले बधाई दिँदै भनेका छन्- ‘चीन-भारत सम्बन्धको बलियो र स्थिर विकास देशहरूको हितका लागि मात्र होइन, यसले सम्पूर्ण क्षेत्र र विश्वमा स्थायित्व ल्याउन पनि काम गर्दछ ।’ ली छ्याङले थप भने, ‘दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सही दिशामा लैजान भारतसँग काम गर्न चीन तयार छ । यो दुवै देशका नागरिकका लागि पनि सही निर्णय हुनेछ ।’

यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो कार्यकालका लागि बधाई दिएका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १२ : ४० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक