कार्यसम्पादनस्तर र व्यवहारमा रूपान्तरण आवश्यक : प्रधानमन्त्री  « Khabarhub

कार्यसम्पादनस्तर र व्यवहारमा रूपान्तरण आवश्यक : प्रधानमन्त्री 


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताए।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारिता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।’

प्रधानमन्त्रीले चालु आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापहरूको कार्यान्वयनमा विशेष ध्यान दिई शतप्रतिशत नतिजा प्राप्तिमा जोड गर्न र आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा आवश्यक पूर्वतयारीका कामहरू समयमै सम्पादन गर्न निर्देशन दिए। 

तोकिएको समयमा निर्धारित लक्ष्य अनुरूपको नतिजा हासिल गर्न कर्मचारी वर्गको क्रियाशीलता आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यरत तहअनुसार कर्मचारीहरूको क्षमता विकास गर्नुका साथै उत्प्रेरणा तथा मनोबल बढाउँदै लगिने बताए। 

मन्त्रिपरिषद्को कार्यालय र मातहत निकायहरूको कार्यसम्पादनस्तर, नतिजा र गुणस्तरलाई राष्ट्रिय मानकको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले मुलुकको कार्यकारी मुख्यालयको समग्र छवि र प्रगतिमा सरकारको कार्यसम्पादनस्तर प्रतिबिम्बित हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्ने बताए।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ३ : ४५ बजे

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती

प्रेस चौतारीमा विवाद: अध्यक्ष पाण्डे असफल भएको ठहर गर्दै विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौँ – एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक

ट्राफिक कारबाहीबाट ४ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीबाट ४ लाख

नेपालमा ३० प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या

काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विभिन्न चेतनामूलक कार्यक्रमसहित