गण्डकीमा ‘फ्लोर क्रस’ : माओवादीले देवकोटालाई सोध्यो २४ घण्टे स्पष्टीकरण « Khabarhub

गण्डकीमा ‘फ्लोर क्रस’ : माओवादीले देवकोटालाई सोध्यो २४ घण्टे स्पष्टीकरण


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

पोखरा- ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नेकपा मा‌ओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले पार्टीद्वारा जारी ह्वीप उलंघन र दलको विधानविपरीत गरेका २४ घण्टे स्पष्टीकरण सोधिएको खबरहबलाई बताइन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को निर्वाचनमा गोरखाबाट माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका हुन् ।

तर उनले कांग्रेस दलका नेता पाण्डेलाई विश्वासको मत दिँदा माओवादीको ह्वीप पालना गरेका थिएनन् । ह्वीप उलंघन गर्दै ‘फ्लोर क्रस’ गरेका देवकोटा तत्कालै गण्डकीको ऊर्जा तथा जलश्रोत मन्त्री भइसकेका छन् ।

प्रमुख सचेतक बुढाका अनुसार मन्त्री भइसकेका देवकोटालाई बुधबार साँझ ७ बजेसम्म लिखित जवाफ दिन निर्देशनसहित स्पष्टीकरण सोधिएको हो ।

‘पार्टी केन्द्रको समेत परामर्शमा देवकोटासँग स्पष्टीकरण सोधेका छौँ, बुधबार साँझ ७ बजेसम्मलाई समय दिएका छौँ’, उनले भनिन्, ‘देवकोटामाथि कारबाही प्रक्रिया अघि बढेको छ । आज साँझसम्म स्पष्टीकरणको प्रतिक्षामा छौँ। त्यसपछि थप निर्णय लिन्छौँ ।’

देवकोटा माओ‌वादीको चुनाव चिह्नबाट विजयी भएका हुन् । तर निर्वाचन आयोगको उम्मेदवार र विजयीहरूको सूचीमा देवकोटाको नाम नेपाल समाजवादी पार्टी भनेरै उल्लेख गरिएको छ । उता गण्डकी प्रदेश सभा सदस्यको सूचीमा भने उनको नाम नेकपा माओ‌वादी केन्द्रका सांसदका रुपमा छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ६ : १३ बजे

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा