पाकिस्तानमा अतिवादीहरुबाट ज्यादतीका घटना बढ्दै « Khabarhub

पाकिस्तानमा अतिवादीहरुबाट ज्यादतीका घटना बढ्दै


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको पञ्जाब प्रान्तमा इसाई एवम् अन्य अल्पसङ्ख्यकमाथि ज्यादतीका घटना बढ्दै गएको पाइएको छ । सुन्नी अतिवादीहरूले पञ्जाबमा अल्पसङ्ख्यकलाई लक्षित गरी आक्रमण गर्दै आएका हुन् ।

हालैमात्र पञ्जाब प्रान्तको सरगोदा जिल्लामा अतिवादीको भीडले इसाई परिवार बस्ने घरमा प्रवेश गरी आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । उत्तेजित भिडले आक्रमण गर्दा छेउमै प्रहरी मूकदर्शक बनेर उभिएको अफगान डायस्पोराले उल्लेख गरेको छ ।

पाकिस्तानको मानव अधिकार आयोगले इसाई परिवारको रक्षा गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ । पाकिस्तानका अधिकारवादी अधिवक्ता जिब्रान नासिरले पछिल्लो घटनालाई सन् २०२३ को अगस्ट महिनामा जरानवालाई आक्रमणको पुनरावृत्ति भएको जनाएका छन् । 

उक्त घटनामा तहरिकलब्बियाक (टीएली) का कार्यकर्ताले इसाई परिवारका घर र गिर्जाघरमा आगो लगाइदिएका थिए ।

पछिल्लो घटनामा इसाई परिवारले ईश्वरको निन्दा गरेको आरोप भन्दै आक्रमण भएको बताइएको छ । उक्त इसाई परिवारले ईश्वरको निन्दा गरेको भन्दै स्थानीय मौलवीले आरोप लगाएपछि आक्रोशित भिडले आक्रमण गरेको हो ।

अल्पसङ्ख्यकको रक्षा गर्न नसकेको भन्दै पाकिस्तान सरकारमाथि बारम्बार आरोप लाग्दै आएको छ । त्यसबाहेक पाकिस्तानमा अल्पसङ्ख्यक समुदायमा सरकारप्रति चरम अविश्वास समेत रहँदै आएको बताइन्छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ७ : ४८ बजे

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर

औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत

बर्लिन– विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत