पाकिस्तानमा अतिवादीहरुबाट ज्यादतीका घटना बढ्दै « Khabarhub

पाकिस्तानमा अतिवादीहरुबाट ज्यादतीका घटना बढ्दै


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको पञ्जाब प्रान्तमा इसाई एवम् अन्य अल्पसङ्ख्यकमाथि ज्यादतीका घटना बढ्दै गएको पाइएको छ । सुन्नी अतिवादीहरूले पञ्जाबमा अल्पसङ्ख्यकलाई लक्षित गरी आक्रमण गर्दै आएका हुन् ।

हालैमात्र पञ्जाब प्रान्तको सरगोदा जिल्लामा अतिवादीको भीडले इसाई परिवार बस्ने घरमा प्रवेश गरी आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । उत्तेजित भिडले आक्रमण गर्दा छेउमै प्रहरी मूकदर्शक बनेर उभिएको अफगान डायस्पोराले उल्लेख गरेको छ ।

पाकिस्तानको मानव अधिकार आयोगले इसाई परिवारको रक्षा गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ । पाकिस्तानका अधिकारवादी अधिवक्ता जिब्रान नासिरले पछिल्लो घटनालाई सन् २०२३ को अगस्ट महिनामा जरानवालाई आक्रमणको पुनरावृत्ति भएको जनाएका छन् । 

उक्त घटनामा तहरिकलब्बियाक (टीएली) का कार्यकर्ताले इसाई परिवारका घर र गिर्जाघरमा आगो लगाइदिएका थिए ।

पछिल्लो घटनामा इसाई परिवारले ईश्वरको निन्दा गरेको आरोप भन्दै आक्रमण भएको बताइएको छ । उक्त इसाई परिवारले ईश्वरको निन्दा गरेको भन्दै स्थानीय मौलवीले आरोप लगाएपछि आक्रोशित भिडले आक्रमण गरेको हो ।

अल्पसङ्ख्यकको रक्षा गर्न नसकेको भन्दै पाकिस्तान सरकारमाथि बारम्बार आरोप लाग्दै आएको छ । त्यसबाहेक पाकिस्तानमा अल्पसङ्ख्यक समुदायमा सरकारप्रति चरम अविश्वास समेत रहँदै आएको बताइन्छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ७ : ४८ बजे

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा