फिल्म ‘बाटो’को प्रिमियर सम्पन्न « Khabarhub

फिल्म ‘बाटो’को प्रिमियर सम्पन्न


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘बाटोः रोड टू डेथ’को प्रिमियर सम्पन्न भएको छ । पुल्चोकको एक फिल्म हलमा बुधबार प्रिमियर शो आयोजना गरिएको थियो ।

प्रिमियरमा कलाकारहरुको उपस्थिति उल्लेखनीय थिएन । यद्यपि कलकार राजाराम पौडेल, नायक दिव्य देव, कलाकार उषा रजकलगायतका केही कलाकारले शो हेरेका थिए ।

विभिन्न क्षेत्रका तीन सयभन्दा बढी अथितिले प्रिमियर हेरेको निर्माण पक्षको दाबी छ । प्रिमियरपछि धेरैले ‘फरक स्वादको फिल्म’ भनेर प्रतिक्रिया दिएका छन् । फिल्मका प्राविधिक पाटोहरु अब्बल रहेको सिनेमाकर्मीहरुको प्रतिक्रिया छ ।

फिल्मको कलाकाहरु वरिष्ठ अभिनेतृ मिथिला शर्मा, नायक सुलक्षण भारती, उत्पल झा, रक्षा थापालगायतक मुख्य कलाकार कार्यक्रममा उपस्थित थिए । कलाकार पशुपति राई भने कार्यव्यस्तताका कारण उपस्थित थिइनन् ।

जेठ ३२ बाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशक तथा लेखक मदन थापा हुन् । यसमा चन्दन झाको लगानी रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ५७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर