फिल्म ‘बाटो’को प्रिमियर सम्पन्न « Khabarhub

फिल्म ‘बाटो’को प्रिमियर सम्पन्न


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘बाटोः रोड टू डेथ’को प्रिमियर सम्पन्न भएको छ । पुल्चोकको एक फिल्म हलमा बुधबार प्रिमियर शो आयोजना गरिएको थियो ।

प्रिमियरमा कलाकारहरुको उपस्थिति उल्लेखनीय थिएन । यद्यपि कलकार राजाराम पौडेल, नायक दिव्य देव, कलाकार उषा रजकलगायतका केही कलाकारले शो हेरेका थिए ।

विभिन्न क्षेत्रका तीन सयभन्दा बढी अथितिले प्रिमियर हेरेको निर्माण पक्षको दाबी छ । प्रिमियरपछि धेरैले ‘फरक स्वादको फिल्म’ भनेर प्रतिक्रिया दिएका छन् । फिल्मका प्राविधिक पाटोहरु अब्बल रहेको सिनेमाकर्मीहरुको प्रतिक्रिया छ ।

फिल्मको कलाकाहरु वरिष्ठ अभिनेतृ मिथिला शर्मा, नायक सुलक्षण भारती, उत्पल झा, रक्षा थापालगायतक मुख्य कलाकार कार्यक्रममा उपस्थित थिए । कलाकार पशुपति राई भने कार्यव्यस्तताका कारण उपस्थित थिइनन् ।

जेठ ३२ बाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशक तथा लेखक मदन थापा हुन् । यसमा चन्दन झाको लगानी रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ५७ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित