खिम्ती-२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने « Khabarhub

खिम्ती-२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । 

पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्कासनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा आज कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गर्नुभयो ।

पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८ दशमलव आठ मेगावाटको खिम्ती–२  जलविद्युत् आयोजनाको जारी पुँजी रु तीन अर्ब ३० करोडमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण शेयर जारी गर्न लागिएको हो ।

साधारण शेयर सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।  प्रतिकित्ता एक सय अंकित दरले उक्त शेयरको मूल्य रु ६६ करोड छ ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन उक्त आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। आयोजनाको आठ दशमलव ३५ किलोमिटर लामो सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको तथा हेडवक्र्सइलेक्ट्रोमेकानिकलको काम बाँकी रहेको उनले बताए।

पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले आगामी एक वर्षभित्र आयोजनाको काम सकेर विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको बताए। आयोजनामा सानीमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनाबाट वार्षिक करिब २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको वार्षिक कूल अनुमानित आम्दानी पहिलो वर्ष रु एक अर्ब ४० करोड र वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म वृद्धि हुँदा नवौँ वर्षमा एक अर्ब ७४ करोड पुग्ने अनुमान कम्पनीको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १ : ५६ बजे

रास्वपाको महाधिवेशनमा छिमेकी मुलुकसहित विश्वका पार्टीको शुभकामना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत

डिम्ब तस्करी प्रकरणमा कारबाहीको माग गर्दै किशोरीहरूको प्रदर्शन

काठमाडौं- डिम्ब (एग) तस्करी र अवैध डिम्ब व्यापारमा संलग्नलाई कारबाही

रास्वपाले पाएको जनमत असाधारण छ, सत्ताको उन्मादबाट जोगिएर अघि बढोस् : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो 

चितवन– पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सम्बोधन

रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता