युक्रेनलाई ५० अर्ब डलर ऋण प्रदान गर्ने जी ७ सम्मेलनमा सहमति | Khabarhub Khabarhub

युक्रेनलाई ५० अर्ब डलर ऋण प्रदान गर्ने जी ७ सम्मेलनमा सहमति


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

बारी – रुसी सम्पत्तिहरूबाट भएको नाफाको प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलर ऋण प्रदान गर्न जी७ का नेताहरू सहमत भएका छन् । बिहीबार दक्षिणी इटालीमा जी७ शिखर सम्मेलनमा भेला भएका नेताहरू उक्त ऋण प्रदान गर्न सहमत भएका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की अमेरिकी राष्ट्रपति जो बाइडेन र इटाली, बेलायत, फ्रान्स, जर्मनी, क्यानाडा र जापानका नेताहरूसँग पुगलियाको लक्जरी बोर्गो इग्नाजिया रिसोर्टमा वार्ताका लागि सहभागी हुने छन् ।

एजेन्डामा सबैभन्दा माथि रुससँगको दुई वर्षभन्दा बढी समयको युद्धपछि किएभलाई रक्षा, बजेटरी सहयोग र पुनर्निर्माणमा सहयोग गर्नका लागि तत्काल ५० अर्ब डलरको ऋण प्रदान गर्ने योजना रहेको छ ।

पश्चिमी सहयोगीहरूद्वारा जफत गरिएको रुसी केन्द्रीय बैंकको तीन खर्ब युरो (तीन खर्ब २५ अर्ब डलर) को ब्याजबाट हुने भविष्यको नाफाविरुद्ध ऋण सुरक्षित गरिनेछ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको कार्यालयले बुधबार यस वर्षको अन्त्यसम्म रकम उपलब्ध गराउने सम्झौता भएको बताएको थियो ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बिहीबार भने, “हामी यहाँ राम्रो नतिजाको सङ्घारमा छौँ ।” उनले अझै पनि थप विवरण बाहिर निकाल्न आवश्यक रहेको बताए ।

आफ्नो आगमनअघि जेलेन्स्कीले शिखर सम्मेलनमा ‘महत्त्वपूर्ण निर्णय’ को आशा गरेको बताए । उनले पुगलियामा जापान र अमेरिकासँग थप दुई सम्झौतामा हस्ताक्षर गर्ने पनि बताए ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ८ : १६ बजे

‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत

काठमाडौं– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको