टी–२० विश्वकप : नेदरल्याण्डसलाई बंगलादेशले दियो १६० रनको चुनौती « Khabarhub

टी–२० विश्वकप : नेदरल्याण्डसलाई बंगलादेशले दियो १६० रनको चुनौती


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई १६० रनको चुनौती दिएको छ ।

सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा टस हारेर ब्याटिङ गरेको बंगलादशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५९ रन बनायो ।

उसका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरे । ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाए ।

त्यस्तै तान्जिद हसनले २६ बलमा पाँच चौका र एक छक्का सहित ३४ रनको योगदान दिए । महमुदुल्लाहले २५ रन बनाउँदा जाकर अलीले १४ रन बनाए ।

नेदरल्याण्डसका लागि आर्यन दत्त र पॉल भ्यान मिकरेनले दुईदुई विकेट लिए । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

यस अघि दुवैले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : १९ बजे

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना