मधेश प्रदेशमा मनसुनको सामान्य प्रभाव : यस्तो छ आजको मौसम पूर्वानुमान « Khabarhub

मधेश प्रदेशमा मनसुनको सामान्य प्रभाव : यस्तो छ आजको मौसम पूर्वानुमान


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधेस प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिन थालेको मौसमविद्ले बताएका छन्। सोमबार देशको पूर्वी भागबाट प्रवेश गरेको मनसुन कोशीबाहेक अरु प्रदेशमा फैलन नसक्दा अरु प्रदेशको जनजीवन गर्मीले कष्टकर बनेको छ।

बिहीबारदेखि मधेश प्रदेशमा मनसुनको प्रभाव देखिन थाले पनि पानी पार्ने प्रणाली भने सक्रिय हुन अझै समय लाग्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

मौसमविद् अर्यालका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिए पनि मध्ये र पश्चिम तराईमा भने अझै तातो हावाको लहर केही दिन चल्ने देखिएको छ।

शुक्रबार दिउँसो कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा मधेश प्रदेशसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको एक हप्तामा देशभर फैलने गरेको भएपनि यो वर्ष गत सोमबार पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन पूर्वी नेपालमै रुमलिएको छ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ७ : ४० बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले