सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि स्थानीय आक्रोशित | Khabarhub Khabarhub

सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि स्थानीय आक्रोशित


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानमा सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि स्थानीयहरू आक्रोशित बनेका छन् । सरकारले पाकिस्तानी सेनाको मातहतमा रहेको ग्रीन पाकिस्तान टुरिजम नामक कम्पनीलाई ३७ वटा घर भाडामा दिने भएको हो ।

तीमध्ये २० वटा घर सञ्चार एवम् कार्य विभागको स्वामित्वमा रहेको र १७ वटा भवन तथा ४५० एकड जमिन वन विभागको स्वामित्वमा रहेको खामा प्रेसले जनाएको छ ।

सरकारले सञ्चार एवम् कार्य विभागका भवन मासिक ७ लाख पाकिस्तानी रुपैयाँमा भाडामा लगाएको छ भने वन विभागको घरजग्गा १ लाख ३५ हजार रुपैयाँमा भाडामा दिएको छ ।

सरकारी जग्गा सेनाको मातहतमा रहेको कम्पनीलाई भाडामा दिने प्रक्रियामा अपारदर्शीता भएको भन्दै गिल्गिट बाल्टिस्तानका पूर्वमुख्यमन्त्री हफिज उर रहमान रर पाकिस्तान पिपुल्स पार्टीका नृता अब्बास मोसबीले प्रश्न उठाएका छन् । त्यसबाहेक स्थानीय अगुवाहरुले पनि यस सम्झौताको पुनरावलोकन गर्न माग गरेका छन् ।

पाकिस्तानी सेना यस्ता धेरै व्यवसायिक परियोजनामा संलग्न रहेको बताइन्छ । यसबाट स्वार्थको द्वन्द्व हुने र आर्थिक विकास एवम् मुलुकको लोकतान्त्रिक शासन पद्धतिमा नकारात्मक असर पर्दै आलोचकहरु बताउँछन् ।

यता पाकिस्तानी सेनाले भने राष्ट्रिय सुरक्षा र आर्थिक विकासका लागि जग्गा भाडामा लिनु परेको प्रतिक्रिया दिएको छ । खामा प्रेसका अनुसार गिल्गिट बाल्टिस्तानसहित मुलुकका धेरै स्थानमा व्यवसायिक परियोजनाका कारण सेना र किसानबीच तनाव उत्पन्न हुँदै आएको छ ।

पञ्जाब प्रान्तको ओकरामा सेनाले फाराम सञ्चालन गरेयता त्यहाँ पनि सेना र स्थानीय किसानबीच विवाद उत्पन्न हुँदै आएको छ । यस विवादले बेला बेला झडपको रूप लिँदै आएको खामा प्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ४६ बजे

बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू) 

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर