उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण, दक्षिणसँग वार्तामा नबस्ने « Khabarhub

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण, दक्षिणसँग वार्तामा नबस्ने


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले शुक्रबार थप दुई छोटो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

शुक्रवार सबेरै उत्तर कोरियाले पूर्वी तट पारी दुईवटा क्षेप्यास्त्र प्रहार गरेको हो । गत केही साता यता उत्तर कोरियाले छैटौँ त्यस्तो प्रहार हो । छ दिनअघि पनि उत्तर कोरियाले दुईवटा छोटो दुरीका क्षेप्यास्त्र जापानको सागरमा प्रहार गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा भएको भेटघाटमा परमाणु निरस्त्रीकरणबारे वार्ता पुन सुरु गर्ने सहमति भएपश्चात् उत्तर कोरियाली शृङ्खलाबद्ध क्षेप्यास्त्र परीक्षण गरेको हो ।

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण पछि अब दक्षिण कोरियासँग वार्तामा नबस्ने चेतावनी दिएको छ । उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि दक्षिण कोरिया अझै वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिएको हो ।

केही समयअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने बताएका थिए । लामो समयदेखि परमाणुअस्त्र विकासको आरोपमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ८ : ०६ बजे

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका