झापामा आमा र दुईजना नाबालक छोरासमेत घरभित्रै मृत भेटिए « Khabarhub

झापामा आमा र दुईजना नाबालक छोरासमेत घरभित्रै मृत भेटिए


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


31.2k
Shares
  • change font
  • change font
  • change font

झापा-झापाको शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा एकजना आमा र उनका दुई जना नाबालक छोराहरू घरभित्रै मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष घरभित्रै मृत भेटिएका हुन् ।

केसीका अनुसार आमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । उनका दुईजना छोरा भने ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।

घरभित्र बान्तासमेत गरेको देखिएकाले विषादीसमेत प्रयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

घरभित्र विषादीको गन्धसमेत आइरहेकाले आमाले छोराहरूलाई विषादी खुवाएर आफू झुन्डिएको आशंका प्रहरीको छ ।

अहिले त्यहाँ प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली पुगेर अनुसन्धान थालिसकेको छ ।

अञ्जलीका पति वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको प्रहरीले जनाएको छ । अनुन्धानको प्रारम्भिक चरणमा रहेकाले घटनाको कारणबारे केही खुल्न नसकेको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १२ : ५८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी