ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन : बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै ठानून् | Khabarhub Khabarhub

ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन : बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै ठानून्


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई नागरिकले महसुस गर्न सक्ने गरी प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले यसो भनेका हुन् ।

उनले कार्यालयका सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै विभिन्न जानकारी पनि लिए ।

निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावबीच ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताए ।

ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको उनले बताए । लामिछानेले बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै महसुस गर्नुपर्ने बताए ।

‘युनिफर्म लगाएका प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्छ’, उनले भने, ‘युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो । यसका लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’

ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने उनले उल्लेख गरे । ‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले चेकिङलाई अझ प्रभावकारी बनाई लापसे, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस्’, उनले भने ।

फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिएर ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा उनले बताए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ५ : ०४ बजे

बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर– निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति

दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

नेपालगञ्ज– दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आजदेखि नेपालगञ्जमा सुरु भएको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ–  केही दिनदेखि परेको वर्षाका कारण लमजुङ/मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे

मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

काठमाडौं– म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय

निर्वाचन अगाडि महाधिवेशन गर्न तयार भएनन् कार्यवाहक सभापति खड्का, कांग्रेस बैठक नै स्थगित

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठक अन्तिम समयमा स्थगित