फणीन्द्र देवकोटा : केवल तीन दिनका मन्त्री ! « Khabarhub

फणीन्द्र देवकोटा : केवल तीन दिनका मन्त्री !


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


34.9k
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेकपा माओवादी केन्द्रको ह्वीप नमानी ‘फ्लोर क्रस’ गरेर नेपाली कांग्रेसका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटाले तीन दिनमै मन्त्री पद गुमाएका छन् ।

गत जेठ २८ गते ‘फ्लोर क्रस’ गरेपछि उनी त्यसको भोलिपल्ट गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त भएका थिए। उनीसँगै दीपक मनाङे पनि मन्त्री भएका थिए ।

तर ३ दिन नबित्दै देवकोटाले मन्त्री पद गुमाएका छन् । नेकपा माओवादी केन्द्रले कारबाहीस्वरुप गण्डकी प्रदेश सभाको सांसद पदबाट निस्कासन गरेपछि देवकोटाको मन्त्री पद पनि गुमेको हो ।

शुक्रबार देवकोटालाई सांसदबाट निस्कासन गरिएको संसदीय दलका नेता हरिबहादुर चुमानको पत्र गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले पढेर सुनाए ।

हि्वप उल्लंघन गर्ने आफ्ना सांसदलाई दलहरुले निष्कासन गर्न सक्ने राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार देवकोटालाई माओवादीले कारबाही गरको चुमानले बताए ।

सांसद देवकोटाले माओवादी ह्विप उल्लंघन गर्दै विश्वासको मत दिएकै कारण कांग्रेस नेता पाण्डे नेतृत्वको सरकारले संसद्को विश्वास पाएको थियो ।

देवकोटालाई कारबाहीका लागि माओवादीले जेठ २९ गते साँझ २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

देवकोटाले आफू माओवादी नभई नेपाल समाजवादी पार्टीको सांसद भएको प्रष्टीकरण दिएका थिए ।

देवकोटा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका नेता हुन् । तर २०७९ को प्रदेश सभा निर्वाचनमा गोरखा २ (१) बाट माओवादीको चिह्न हँसिया हथौडाबाट विजयी भएका थिए । त्यसपछि उनी गण्डकी प्रदेश सभामा माओवादी संसदीय दलको सदस्य बनेका थिए । गण्डकीमा नेसपाको संसदीय दल छैन ।

मन्त्री पदमुक्त हुनेसम्बन्धी संवैधानिक प्रावधानमा सांसद नरहेमा भन्ने व्यवस्था छ । त्यही अनुसार उनी ३ दिनमै मन्त्रीबाट पनि पदमुक्त भएका हुन् ।

प्रदेश सभामा सदस्य नरहेको व्यक्तिलाई ६ महिनाका लागि मन्त्री बनाउन मिल्ने व्यवस्था छ । यदि त्यो ६ महिनाभित्र सांसदका रुपमा नफर्किए उनी मन्त्रीबाट बिदा हुनेछन् ।

देवकोटालाई ६ महिने मन्त्री बनाउँदा अब मुख्यमन्त्री पाण्डेले फेरि नयाँ प्रक्रियाबाट नियुक्त गर्नुपर्छ। सांसद र मन्त्री गएपछि देवकोटाका लागि अब सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने विकल्प खुला छ ।

थप समाचार

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ५ : २६ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी