इरानमा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात « Khabarhub

इरानमा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– २७ जनाको ज्यान जानेगरी गतसाता पाकिस्तानको सीमानजिक इरानको रिभल्यूशनरी गार्ड क्रप्सका सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा पाकिस्तानी लडाकुको संलग्नता रहेको इरानले जनाएको छ ।

इरानको तस्नीम समाचार एजेन्सीका अनुसार आक्रमणमा संलग्न पाकिस्तानी लडाकुको पहिचान भइसकेको छ ।

तस्नीमले इरानको रिभल्यूशनरी गार्ड क्रप्सका वरिष्ठ सैनिक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार त्यस आक्रमण गराउने समूहमा तीन इरानी सहित एक पाकिस्तानी नागरिक समेत थिए । तीमध्ये दुई जनालाई गिरफ्तार गरिएको जनाइएको छ ।

इरानले मुलुकमा हुने आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै निकै लामो समयदेखि आरोप लगाउँदै आएको छ ।
शियाबहुल मुलुक इरानमा गत साता भएको आक्रमणको जिम्मा सुन्नी लडाकु समूह जैश अल अदलले लिएको थियो । जैश अल अदलले पाकिस्तानलाई आधार बनाएर इरानको सिस्तान बलुचिस्तान प्रान्तमा सक्रिय रहेको बताइन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ३७ बजे

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई

जेन-जी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : हमाल

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा