इरानमा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात | Khabarhub Khabarhub

इरानमा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– २७ जनाको ज्यान जानेगरी गतसाता पाकिस्तानको सीमानजिक इरानको रिभल्यूशनरी गार्ड क्रप्सका सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा पाकिस्तानी लडाकुको संलग्नता रहेको इरानले जनाएको छ ।

इरानको तस्नीम समाचार एजेन्सीका अनुसार आक्रमणमा संलग्न पाकिस्तानी लडाकुको पहिचान भइसकेको छ ।

तस्नीमले इरानको रिभल्यूशनरी गार्ड क्रप्सका वरिष्ठ सैनिक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार त्यस आक्रमण गराउने समूहमा तीन इरानी सहित एक पाकिस्तानी नागरिक समेत थिए । तीमध्ये दुई जनालाई गिरफ्तार गरिएको जनाइएको छ ।

इरानले मुलुकमा हुने आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै निकै लामो समयदेखि आरोप लगाउँदै आएको छ ।
शियाबहुल मुलुक इरानमा गत साता भएको आक्रमणको जिम्मा सुन्नी लडाकु समूह जैश अल अदलले लिएको थियो । जैश अल अदलले पाकिस्तानलाई आधार बनाएर इरानको सिस्तान बलुचिस्तान प्रान्तमा सक्रिय रहेको बताइन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ३७ बजे

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन

प्रभु केबलकारको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको संस्थापक शेयर बिक्रीमा

शिव श्री हाइड्रोपावरको हकप्रद सेयर बिक्री सुरु

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले बिहीबरबाट हकप्रद सेयर बिक्री सुरु

भक्तपुरमा इन्द्रजात्रा सुरु

भादगाउँ– परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध

कालिकोट – कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। कालिकोटको शुभकालिका